अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२९ | Colorodo: 17:44

छिन छिनमा भुइँचालो गइरहेको छ, विचार गर्नुहोस् : पूर्वराजा शाह

बिआरटीनेपाल २०८० कार्तिक ७ गते २०:०२ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिनुभएको छ । मंगलबार महाराजगञ्जस्थित निर्मल निवासमा नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणहरुलाई टिका लगाइदिँदै पूर्वराजा शाहले यस्तो बताउनुभएको हो । उहाँले व्यंग्यात्मक रुपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेकाले विचार गरेर बस्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा दशैंको शुभकामना दिन चाहन्छु । धेरै भन्नुपनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’ पूर्वराजा शाहले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सम्पूर्ण नेपालीहरुमा दशैंको शुभकामना दिनुभयो । उहाँले यसअघि अपरान्ह पौने चार बजेबाट आम सर्वसाधारणलाई दशैंको टिका लगाइदिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय