अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१ | Colorodo: 08:16

आज देशका धेरै ठाउँमा मौसम सफा रहने, पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना

बिआरटीनेपाल २०८० कार्तिक ६ गते २२:२८ मा प्रकाशित

दशैँको मुख्य दिन आज देशका धेरै ठाउँमा मौसम सफा रहनेछ । धेरै ठाउँमा मौसम सफा नै रहे पनि आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र केही ठाउँमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड तथा हिमाली क्षेत्रको एक/दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । विभागले जारी गरेको मौसम बुलेटिनमा नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख छ ।

भोलि कोशी प्रदेशसहित देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय