अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:००
| Colorodo: 22:15
नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैँ यतिखेर सबैको घर–आँगनमा भित्रिसकेको छ । घटस्थापनासँगै शुरु भएपछि चारैतिर दशैँको उमंगले छोपिसकेको छ । शरद् ऋतुको यो मनमोहक मौसममा बेग्लै प्रकृतिको रौनक छाएको छ ।
सुन्दर वातावरणसँगै कोही नीलो आकाशमा चंगा उडाइरहेका छन् । गाउँघरमा पिङ बनाउने र बनेका पिङहरूमा मच्चिने क्रम शुरु भइसकेको छ ।
विदेशिएका हरु स्वदेश फर्कने, घरदेखि टाढा रहेकाहरु पनि आफ्नो मूलथलो जाने तथा ईष्टमित्र र परिवारजनका सदस्यहरु मिली मिठो मसिनो खाने प्रचलन रहेकोले नेपालभर दशैंको रौनक छाएको हो ।
