अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

इजरायल–प्यालेस्टाइन युद्धप्रति नेपालका सात जना पूर्व राजदूतहरुको भर्त्सना

बिआरटीनेपाल २०८० कार्तिक ६ गते ४:११ मा प्रकाशित

नेपालका सात जना पूर्वराजदूतहरूले इजरायल–प्यालेस्टाइन युद्धबारे चिन्ता व्यक्त गर्दै संयुक्त रूपमा विज्ञप्ति निकालेका छन् । पूर्वराजदूतहरू निलाम्बर आचार्य, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, डा. दुर्गेश मान सिंह श्रेष्ठ, टंक कार्की, लीलामणि पौड्याल र महेश मास्केले संयुक्त विज्ञप्ति निकाल्नुभएको हो ।

विज्ञप्तिमा इजरायल र प्यालेस्टाइनबीच चलेको हिंसाबाट आफूहरू चिन्तित भएको उल्लेख छ ।  उहाँहरुले हमासको आक्रमण निन्दनीय र त्यसको प्रतिक्रियामा इजरायली सरकारले मानवीय मूल्य, मान्यताका सबै मानकलाई तोड्दै प्रतिहिंसाको सिलसिला शुरु गरेको बताउनुभएको छ । विज्ञप्तिमा आफ्नो अधिकारको खोजी गर्ने क्रममा निर्दोष र निहत्था मान्छेलाई हतियारसहित आक्रमण गर्ने जस्ता क्रियाकलापको निन्दा तथा भर्त्सना गरेको उल्लेख छ । उहाँहरुले तत्काल युद्ध रोकी वार्ताद्वारा समस्याको समाधान गर्न राष्ट्रसङ्घसँग आग्रह गर्नुभएको छ ।

यो सङ्कटको समयमा आगोमा घिउ थप्ने काम नगरि समस्या समाधानतर्फ लाग्न अन्तर्राष्ट्रिय जगतलाई पनि उहाँहरुले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय