अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

गृहमन्त्री श्रेष्ठ हस्पिटलबाट डिस्चार्ज

बिआरटीनेपाल २०८० कार्तिक ६ गते ३:५७ मा प्रकाशित

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार डिस्चार्ज हुनुभएको छ । चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचारर्त गृहमन्त्री श्रेष्ठ डिस्चार्ज हुनुभएको हो ।उहाँ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचार पश्चात डिस्चार्ज हुनु भएको हो ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन बिएफआरमा सहभागी हुन बेइजिङ पुगेका बेला श्रेष्ठलाई कात्तिक १ गते हृदयाघात भएको थियो । उहाँको छातीमा स्टेन्ट राखिएको छ । अस्पतालबाट डिस्चार्ज हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार प्रकट गर्नुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठ यही कात्तिक ८ गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको उहाँकोे सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय