अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२८ | Colorodo: 11:43

मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना

बिआरटीनेपाल २०८० कार्तिक ५ गते १९:२९ मा प्रकाशित

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। सोमबार देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।

सोमबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय