अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

पाल्पाको रानीमहल बैकुण्ठे भीरमा जीप दुर्घटना, कम्तीमा ६ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८० कार्तिक ५ गते ६:३२ मा प्रकाशित

पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ की ५५ वर्षीया पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी, साढे २ वर्षका इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङको बेसीसहर नगरपालिका–२ की ५५ वर्षीया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालक ३६ वर्षीय ईश्वर लोहनीको तानसेनमा रहेको युनाइट मिशन अस्पतालमा उपचार भइरहेको छ । पर्यटकीय स्थल रानीमहल दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च — ७२०९ नम्बरको जीप आइतवार बैकुण्ठे भीरबाट खोलामा खसेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय