अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४० | Colorodo: 07:55

पनौतीको नृत्यरत गणेश न्यूयोर्कको लिलामीगृहमा

बिआरटीनेपाल २०८० कार्तिक ४ गते २२:२६ मा प्रकाशित

पनौती, काभ्रेको एक निजी गुठीघरमा रहेको पुरातात्विक महत्त्वको नृत्यरत गणेश चोरी भएको १५ वर्षपछि अमेरिकाको न्यूयोर्कस्थित एक अन्तर्राष्ट्रिय लिलामगृहमा फेला परेको छ । नेपाल सम्वत ९६९ लेखिएको यो सम्पदा २०६४ फागुन १ गते राति पनौती, चौकोट गाउँका महेश राजवंशीका घरबाट चोरिएको थियो । त्यो रात ८/९ जना हतियारधारी व्यक्ति राजवंशीका घरमा आएर गुठीको नृत्यरत गणेश, भिमसेनसहितका सम्पदा लुटेर लगेका थिए ।

सम्पदाको खोजिनीति तथा पहिचानमा जुटेको अभियान लस्ट आर्टस् अफ नेपालका अनुसार, अमेरिकाको न्यूयोर्कस्थित अन्तर्राष्ट्रिय कला डिलर एवं लिलामी गृह बनहृयाम्जमा यो सम्पदा २०२१ मार्च १६(लट नम्बर ३०१)मा बिक्री भएको पाइएको छ । सुरुमा यो सम्पदा आर्ट डिलर अर्नोल्ड लिबरम्यानको संग्रहमा पाइएको र लगत्तै न्यूयोर्ककै रुबिन म्युजियम अफ आर्टको ‘नेप्लीज सिजन्स : रेन एण्ड रिट्युवल’ (सन् २०१६)मा प्रदर्शनीमा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय