अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

धादिङमा लगातार ७ पटक भूकम्प, ८ घरमा पूर्ण तथा ५१ घरमा आंशिक क्षति

बिआरटीनेपाल २०८० कार्तिक ४ गते २२:१५ मा प्रकाशित

धादिङमा हिजो लगातार सात पटकसम्म भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हिजो बिहान ७ बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिकाको खरी आसपासलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि फेरि ६ पटकसम्म धक्का महसुस भएको थियो ।

हिजो बिहान आठ बजेर आठ मिनेटमा चार दशमलव २, आठ बजेर २८ मिनेटमा चार दशमलव ३, आठ बजेर ५९ मिनेटमा चार दशमलव १ रेक्टरस्केलको परकम्प गएको गयो । यस्तै, दिउँसो चार बजेर ३ मिनेटमा चार दशमलव चार, बेलुका पाँच बजेर ३१ मिनेटमा पाँच र पाँच बजेर ३३ मिनेटमा पाँच दशमलव १ रेक्टरस्केलको परकम्प गयो ।

हिजो शुरुदेखि गएका सबै भूकम्प २०७२ सालमा गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ठूलो भूकम्प गएपछि त्यसको परकम्प कहिलेसम्म रहन्छ भन्ने यकिन हुन्न ।

विश्वमा दुई सय वर्षसम्म पनि परकम्प गएको रेकर्ड रहेको बताउनुभयो । भूकम्पका कारण आठ वटा घरमा पूर्ण क्षति भएको छ भने ५१ वटा घरमा आशिंक क्षति भएको ज्वालामुखी गाउँपालिका अध्यक्ष यामनाथ दनैले जानकारी दिनुभयो । उहाँका अनुसार लगातार भूकम्प गइरहेकाले नागरिक त्रसित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय