अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 18:35

दशैँको टीकासम्म नै पानी पर्ने सम्भावना छैन : मौसमविद्

बिआरटीनेपाल २०८० कार्तिक ३ गते २०:०१ मा प्रकाशित

यसपालिको दशैँ घमाइलो हुने भएको छ । दशैँकाे टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।उहाँका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ । तर, यसबीचमा पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ ।

काठमाण्डौ ,पोखरा उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताउनुभयो । जाडोयाम शुरु भइसकेकाले चिसो भने बिस्तारै बढ्दै छ ।  बिहान बेलुका चिसो भए पनि दिउँसो भने गर्मी नै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय