अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

किशोर किशोरीका अनुभव र विचार समेटिएको प्रतिवेदन सार्वजनिक

बिआरटीनेपाल २०८० कार्तिक ३ गते ६:१५ मा प्रकाशित

बालअधिकार र बालबालिकाको समानताको निम्ति काम गर्ने विश्वव्यापी गैर–नाफामूलक संस्था प्लान इन्टरनेशनलले सन् २०२३ का लागि आफ्नो ‘स्टेट अफ द वर्ल्ड्स गर्ल्स रिपोर्ट’ सार्वजनिक गरेको छ । हालै काठमाडौंमा सार्वजनिक गरिएको यस वर्षको प्रतिवेदनले किशोर किशोरी र युवतीहरूको अनुभव र दृष्टिकोणलाई समेटेको छ । यस अनुसन्धात्मक प्रतिवेदनमा ७० भन्दा बढी सक्रिय महिलाहरुको अनुभब र विचारलाई समेटिएको छ ।

रिपोर्टले किशोरी वा युवतीहरूलाई कसरी व्यवहार गरिन्छ, उनीहरूको सुरक्षाका चिन्ताहरू र उनीहरूको सक्रियताको पछाडि रहेका तत्वहरु के कस्ता रहेका छन् भन्ने कुरालाई समेटेको छ । लैङ्गिक असमानता रोक्ने काममा चुनौती र प्रगतिको सामना गर्दै नागरिक क्षेत्र, किशोरीहरुको नेतृत्व र सक्रियतालाई बुझ्ने र समर्थन गर्नु धेरै महत्त्वपूर्ण रहेको रिपोर्टमा उल्लेख गरिएको छ । प्रतिवेदनले केटी र युवा महिला कार्यकर्ताहरूले सामना गर्ने चुनौतीहरू, सुरक्षा, अवरोधहरू र शिक्षा तथा सीप प्रशिक्षणको आवश्यकता लगायतका चुनौतीहरूमा पनि प्रकाश पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय