अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

संसारबाट मानवता हराउँदै गएको राष्ट्रसंघीय राहत एजेन्सीका प्रमुखको भनाइ

बिआरटीनेपाल २०८० कार्तिक २ गते २१:१९ मा प्रकाशित

संयुक्त राष्ट्रसंघीय राहत एजेन्सीका प्रमुख फिलिप लाजारिनीले संसारबाट मानवता हराउँदै गएको टिप्पणी गर्नुभएको छ । इजरायल र हमासबीचको युद्धको परिणामस्वरुप मध्यपूर्व ‘अगाध खाडलको किनारमा’ पुगेको उहाँको दावी छ । बेलायती समाचार संस्था बिबिसीलाई प्रतिक्रिया दिनेक्रममा राष्ट्रसंघको राहत एजेन्सीका प्रमुख लाजारिनीले गाजाका नागरिकहरूको डरलाग्दो अवस्थाबारे चेतावनी दिंदै यस क्षेत्रमा मानवीय सहायता कोरिडोरहरू तत्काल खोल्न पुनः आह्वान गर्नुभयो ।

जेरुसेलममा बोल्दै लाजारिनीले इजरायलमा हमासको आक्रमणको निन्दा गर्दै यसलाई ‘भयानक र बर्बर नरसंहार’ को संज्ञा दिनुभयो। तर यो घटनाले अझै पनि इजरायलले गाजामा गरिरहेको युद्धको औचित्य पुष्टि नगर्ने उहाँको दावी छ । गाजाको सर्वसाधारणको नरसंहार गरेर मध्यपूर्वमा शान्ति नआउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू