अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०२ | Colorodo: 21:17

एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित

बिआरटीनेपाल २०८० कार्तिक २ गते २१:११ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा.बद्री केसी (रसिया) निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी निर्वाचित हुनुभएको हो । केसीले एक हजार ३७८ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरके (कतार)ले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठ (जापान)ले एक हजार २२५ मत र रविना थापा ९अमेरिका०ले ४७ मत पाउन सफल हुनुभयो ।

उपाध्यक्षमा डा। विनोद श्रेष्ठ (अष्ट्रेलिया), डा.हेमराज शर्मा (यूके), खगेन्द्र न्यौपाने (मलेसिया), राजु रेग्मी (कतार), रामशरण सिंखडा (यूके) र रोविनप्रसाद शेरचन (जापान) निर्वाचित भएका छन् । युवा उपाध्यक्षमा रोशन थापा (जाम्बिया) दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई (यूके) निर्वाचित हुनुभएको छ । महासचिवमा गौरीराज जोसी (अमेरिका) निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय