अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०८ | Colorodo: 16:23

स्पेनसहित विभिन्न देशसँग श्रम सम्झौता गरिने

बिआरटीनेपाल २०८० कार्तिक २ गते ७:२१ मा प्रकाशित

सरकारले स्पेनसहितका विभिन्न देशसँग श्रम सम्झौता गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो । मन्त्रालयले स्पेनसहित पोर्चुगल, साईप्रस, माल्टा लगायतका देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

त्यसका लागि दुवै देशका अधिकारीहरूले छलफल गर्ने, सम्झौता पत्रको मस्यौदा तयार पार्ने लगायतका काम भइरहेको श्रममन्त्री शरतसिंह भण्डारीले बताए । रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेर फर्किएपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अब श्रमिकको लागि यूरोपको ढोका खुलेको बताउनुभयो ।

सरकारले हालै मात्रै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । ति देशसँग गरिएको सम्झौतापछि मन्त्रालयले अन्य देशहरूसँग समेत सम्झौताको प्रक्रिया अगाडि बढाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय