अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५८
| Colorodo: 16:13
चीन भ्रमणमा रहेका उपप्रधान एवं गृृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ। श्रेष्ठलाई बुधबार बेलुका सामान्य खालको हृदयघात भएकोे हो। छाति दुखेपछि अस्पताल पुग्नुभएका श्रेष्ठलाई बेइजिङस्थित अस्पतालमा भर्ना गरिएको छ। स्रोतका अनुुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ।
श्रेष्ठ असोज २९ गते तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन बेइजिङ प्रस्थान गर्नुभएको थियो । उहाँ मङ्गलबार र बुधबार बेइजिङमा भएको सम्मेलनमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं प्रगतिबारेमा छलफलमा सहभागी हुनुभएको थियो ।
