अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

दसैं बिदामा बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ हुने

बिआरटीनेपाल २०८० असोज २८ गते ५:४७ मा प्रकाशित

सर्वोच्च अदालतले दसैं बिदामा बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ हुने जनाएको छ। देशभरका अदालतमा आइतबारदेखि नै दसैं बिदा सुरु भएको छ। दसैं बिदा (११ दिन) मा बन्दीका मुद्दाको मात्रै सुनुवाइ हुनेछ। बन्दी प्रत्यक्षीकरणका रिट हेर्न सर्वोच्चले न्यायाधीशहरूको पालो तोकेको छ।

सर्वोच्चले जारी गरेको सूचीअनुसार असोज २९ गते न्यायाधीश सपना प्रधान मल्ल, असोज ३० गते आनन्दमोहन भट्टराई, कात्तिक १ गते प्रकाशकुमार ढुंगाना, कात्तिक २ गते मनोजकुमार शर्मा, कात्तिक ३ गते नहकुल सुवेदीले बन्दीका रिट हेर्नुहुने छ । यस्तै, कात्तिक ४ गते र कात्तिक ५ गते न्यायाधीश प्रकाशमान सिंह राउतले मुद्दा हेर्नेछन्। कात्तिक ८ गते हरिप्रसाद फुयाल, कात्तिक ९ गते कुमार रेग्मी र कात्तिक १० गते तीलप्रसाद श्रेष्ठले बन्दीका मुद्दा हेर्ने जनाईएको छ ।

दशैं बिदामा सर्वोच्च अदालतमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्दी प्रत्यक्षीकरणका रिटहरुको सुनुवाइ हुनेछ। सर्वोच्चका अनुसार अब अदालत कात्तिक १२ गतेदेखि मात्रै अदालत खुल्नेछन्। कात्तिक ४, ७ र ११ गते शनिबारको बिदा ‍भएकाले यी दिनमा पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ हुनेछैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय