अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१२ | Colorodo: 09:27

आज विश्व हात धुने दिवस : साबुन पानीले मिचिमिची हात धोए विभिन्न रोगबाट बच्न सकिने

बिआरटीनेपाल २०८० असोज २७ गते २०:१९ मा प्रकाशित

आज अक्टोबर १५ तारिख विश्व हात धुने दिवस । ‘हाम्रो हात, हाम्रो भविष्यज्ञ’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै छ ।सन् २००८ पछि विश्वभर हरेक वर्ष अक्टोबर १५ तारिखमा यो दिवस मनाइन्छ । साबुन पानीले राम्रोसँग हात धुने बानीले धेरैजसो रोगबाट बच्न सकिन्छ ।विभिन्न अध्ययनहरूले साबुन पानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवम् निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य देखाएका छन् ।

डाक्टरका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुन पानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ । डाक्टरका अनुसार साबुन पानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय