अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते पाइलट खतरामुक्त

बिआरटीनेपाल २०८० असोज २७ गते ५:४४ मा प्रकाशित

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंलाई उपचारको लागि काठमाडौं ल्याइएको छ । उनी खतरामुक्त छन् । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको ९ एन(एएनजे कलसाइन भएको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा शनिबार बिहान दुर्घटना भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट सेढाईंको उद्धार गरी काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेढाईं मात्र थिए । आगलागी भएर हेलिकप्टर पूर्ण रुपमा जलेको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो । उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो । हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय