प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाज भनेको राजनीतिमात्रै नभई अन्यत्र पनि भएको अनुभूति भएको बताउनुभएको छ ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । राजनीतिकर्मीहरुलाई दबाब, तनाव र चुनौती धेरै हुने उल्लेख गर्दै उहाँले आफू अहिले दबाब, तनाव र चुनौतीको बीचमा रहेको बताए ।
कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशलाई सडक मानवमुक्त घोषणा गर्नेकुरामा सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले सबै मिलेर सडक मानवमुक्त देश बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मानव सेवाले राम्रो काम गर्दै आइरहेको बताउनुभयो । मानव सेवामा लाग्ने व्यक्ति पूजनीय भएको उल्लेख गर्दै उहाँले यात्राको सफलताको शुभकामना व्यक्त गनुृभयो ।
कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव सेवा जस्तो पुण्यको काम कतै नभएको बताउनुभयो । आचार्यले सडकमा बसेका असाहाराको सहयोगी बन्नु जतिको ठूलो काम अन्यत्र नभएको बताउनुभयो ।
