अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 08:04

बेइजिङमा इजराइली दूतावासका कर्मचारीमाथि आक्रमण

बिआरटीनेपाल २०८० असोज २६ गते ६:३६ मा प्रकाशित

बेइजिङमा रहेको इजराइली दूतावासका एक जना कर्मचारीमाथि आज शुक्रवार आक्रमण भएको इजराइलको विदेश मन्त्रालयले जनाएको छ । ‘आज बेइजिङमा इजराइली दूतावासका एक इजराइली कर्मचारीमाथि आक्रमण भएको छ’, दूतावासको परिसरमा आक्रमण नभएको उल्लेख गर्दै विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘ती कर्मचारीको अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर रहेको छ, आक्रमणको कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।’

यो घटनाबारे चीनको विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । हमासले गएको शनिवार इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछि हमास र इजरायली सेनाबीच युद्ध चर्किएको हो । हमासको आक्रमणमा इजरायलतर्फ एक हजार तीन सय जनाभन्दा धेरैको ज्यान गएको छ भने इजरायली सेनाको आक्रमणमा एक हजार पाँच सय जनाभन्दा बढी प्यालेस्टिनी मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू