अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१
| Colorodo: 03:16
इजरायलमा सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उनको खोजीका लागि सक्रिय रहेको बताउनुभयो । ‘हामीले हाम्रा सम्पूर्ण संयन्त्र, इजरायल सरकार समेत गम्भीर भएर लागेका छौँ । उहाँको खोजीको लागि सबै संयन्त्र परिचालन गरिएको छ ।’ लम्सालले भन्नुभयो ।
इजरायल र गाजा बीचको युद्धका क्रममा जोशी शनिवारदेखि नै सम्पर्कविहीन बनेका छन् । उनको खोजीका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालय, इजरायलस्थित नेपाली दूतावास, इजरायलका विभिन्न संयन्त्र समेत परिचालन गरेर समेत परिचालन भइरहेको छ । विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको समेत तथ्याङ्क सङ्कलन गरेर सोही आधारमा समेत उनको खोजी जारी रहेको मन्त्रालयले जनाएको छ ।
