अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

३० वटा देशमा दशैंको टीकाको साईत सार्वजनिक

बिआरटीनेपाल २०८० असोज २३ गते ७:१४ मा प्रकाशित

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको हालै बसेको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिनुभयो ।उहाँका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम केही देशमा टीकाको साइत तयार पारिएको जानकारी दिनुभयो । अहिले अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि दसैँको टीकामा अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको उहाको भनाई छ । समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएकोमा यो वर्ष झनै धेरै देशबाट यसको माग भएकोले माग बमोजिम ३० वटा देशमा टीका लगाउने साइत जुराइएको जानकारी दिनुभयो ।

समितिका अनुसार अमेरिका, क्यानडामा अक्टोबर २३ तारिकमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये अमेरिकाको न्युयोर्क सहरमा प्रातः १० बजेर ४७ मिनेटमा, केन्टुकीमा ११स् घज्ञ मिनेटमा, टेक्सासमा ११-३ मिनेटमा, वासिङ्गटन डिसीमा १०-५३ मिनेट र क्यालिफोर्नियामा १० -३१ मा टीकाको शुभसाइत जुरेको छ । यस्तै क्यानडाको टोरोन्टोमा ११ बजेर १७ मिनेटमा र भ्यानकुभरमा ११- ३५ मिनेटमा टीकाको शुभ साइत जुरेको छ । यस्तै समितिले भारत, जापान, अस्ट्रेलिया, न्‍यूजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्‍यानमार र स्वीटजरल्याण्डलगायतको देशमा २४ तारिखमा टीकाको शुभ साइत जुराएको छ । जसमध्‍ये भारतको दिल्लीमा १० बजेर ५५ मिनेटमा, जापानको टोकियोमा १०-४५ मिनेटमा, अस्ट्रेलियाको सिड्नी ११-१५मा, मेलबर्नमा ११-३५ मिनेटमा, ब्रिसवेनमा १०-२५ मिनेटमा र क्यानबेरामा ११-२१ मिनेटमा टीकाको शुभ साइत जुराइएको छ ।

यस्तै न्‍यूजिल्याण्डको वेलिङ्गटनमा ११-२१ मिनेटमा, पोर्चुगलको लिस्बनमा ११-२३ मिनेटमा, बेलायतको लण्डनमा ११-३१ मिनेटमा, फ्रान्सको पेरिसमा ११-२५ मिनेटमा, नर्वेको ओस्लोमा ११-३५ मिनेटमा, मलेसियाको क्वालालम्पुरमा ११-१५ मिनेटमा, युएईको अबुधाबीमा ११-०५ मिनेटमा, कतारको दोहामा ९-५९ मिनेटमा, थाइल्याण्डको बैंककमा १०-३९ मिनेटमा, दक्षिण कोरियाको सिओलमा ११-३१ मिनेटमा, इजरायलको तेल अविवमा ९-५ मिनेटमा, सिंगापुरमा ११-५ मिनेटमा, साउदी अरेबियामा ९-११ मिनेटमा, म्यानमारको याङ्गुनमा १०-३१ मिनेट र स्वीटजरल्याण्डको जेनेभामा ११-५५ मिनेटमा टीकाको शुभ साइत जुराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय