अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 02:22

तिम्रो बिश्वासले हामी फेरी भेटिने छौ

रमा दुलाल २०८० असोज २२ गते १५:०५ मा प्रकाशित

कबिता
बु सुरज,
तिम्रो पत्र पाए
रुदै रुदै पढी भ्याए
कृषी र बन क्षेत्रमा
केहि गरु भन्ने भाबना बोकेर
तिमी गएको हिजो मात्र हो
निधार भरी रातो टिका

सयपत्रीको माला
तिमीलाई लगाइ दिदा
तिमीले ढोग गरी भन्दै
लुकेर आशु पुछेको
अनी ,
मैले भक्कानिएर अग्गालो हालेको
मुटु भरी सग्गालेर राखिएकी छु
युद्ध बिनास हो
युद्ध घृणा हो
युद्ध अहम हो
युद्ध डर हो
युद्ध मृत्युको सैलाब हो
तिमी मर्नु हुन्न्
तिमी मारिनु हुन्न्
तिमी बिर छौ
तिमी साहसी छौ
नेपाल आमाको पारखी हौ
घैर्यताको डोरी कसेर राख
आत्मा बिश्वासलाई दरिलो पार
समन्वय र समझदारी
हामी भित्र हुनु पर्छ्
बादलहरु आउछन
अनी जान्छन पनि
पर्खिन जान्नु पर्छ
लामो काठको बाकस लक्ष होइन्
कृषी र बनले पर्खी रहेछ्
रातमा पनी जुन ताराले
उज्यालो दिन्छ्
बङ्कर हैन जिन्दगी
तिमी त सुरज हौ
तिमी आफै उज्यालो हौ
पत्र लेख्दै गर
मनका भाव पोख्दै लेख
हामी हामी बिच
पत्रहरुले दुरी मेटाउनेछ
तिम्रा यादहरुलाई
तिमीले कोरेका पङ्क्तीहरुले
प्यास मेटाउनेछ
बिश्वासमा आश अडेको हुन्छ
तिम्रा शब्द शब्दले
मैले पनी बिश्वास जगाएकी छु
अटुट बिश्वास लिएर
दैलोमा पर्खेर बसेकी छु
पखाइ तिम्रो पनी हो
पर्खाइ मेरो पनी हो
तिम्रो र मेरो पर्खाइले
तिम्रो र मेरो बिश्वासले
हामी फेरी भेटिने छौ
तिमी फर्कनु पर्छ
तिमी फर्कन्छौ
तिमी आउनु पर्छ
तिमी आउछौ!!