अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८ | Colorodo: 10:13

इजरायलको युद्ध क्षेत्रबाट ३२ नेपालीको उद्धार

बिआरटीनेपाल २०८० असोज २२ गते ७:४६ मा प्रकाशित

इजरायलको युद्ध क्षेत्रमा रहेका ३२ नेपालीको उद्धार भएको छ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो ।इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको छ। इजरायण्लमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् ।

बंकरमा लुकेर रात बिताइरहेका विद्यार्थीहरुको उद्धार गरेर सुरक्षित स्थानमा लगिएको हो । उनीहरुले अब आफूहरुलाई चाँडै नेपाल फर्काउन आह्वान गरेका छन् । युद्ध क्षेत्रबाट उद्धार गरेर सुरक्षित स्थानतर्फ ल्याइएका विद्यार्थी सुदुरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएकाहरु हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय