अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

जनताले संघीयता मान्य छैन भनेर देखाइसके : चित्रबहादुर केसी

बिआरटीनेपाल २०८० असोज २१ गते ६:१६ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई संघीय व्यवस्था मान्य नभएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने कुरा महशुस गरिसकेको बताउनुभयो । उहाँले नेपाली जनताले संघीयता मान्य छैन भनेर देखाइसकेको बताउनुभयो ।

सांसद केसीले जनतालाई मान्य नहुँदापनि संघीयताको मुरली किन बजाइरहेको भनेर सांसदहरुलाई प्रश्न गर्नुभयो । उहाँले मुख्यमन्त्रीहरुलाई भैसेपाटीमा दरबार बनाउनु नै संघीयता हो भनि प्रश्न समेत गर्नुभयो । अध्यक्ष केसीले संघीयताले गरी नखाएको टिप्पणी गर्नुभयो । उहाँले प्रजातान्त्रिक विकेन्द्रीकरण गरेर स्थानीय तहलाई अधिकार दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय