अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 01:51

गुण्डा नाइके रिगललाई आममाफी दिएको विरोधमा प्रधानमन्त्रीलाई युवा संघले बुझायो ज्ञापनपत्र

बिआरटीनेपाल २०८० असोज २० गते ६:२८ मा प्रकाशित

राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी नुवाकोटले हत्या अभियोगमा दोषी ठहरिएका योगराज ढकाल ‘रिगल’लाई आममाफी दिएको विरोधमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।जिल्ला कमिटी नुवाकोटले जिल्ला अध्यक्ष प्रज्वल सापकोटाको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय नुवाकोट मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

हत्या अभियोगमा दोषी ठहरिएर सवर्स्वसहित जन्मकैद सजाय पाएका कांग्रेस भातृसंगठन तरुण दलका नेता योगराज ढकाल ‘रिगलडलाई गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएको बिरोधमा ज्ञापनपत्र बुझाएको सापकोटाले बताउनुभयो । दैनिक बढ्दै गएको अराजक गतिबिधी, मुल्यवृद्धिको पनि संघले ज्ञापन पत्र मार्फत बिरोध जनाएको कुरा राष्ट्रीय युवा संघ नेपालका केन्द्रिय सदस्य सुरेश भण्डारीले बताउनुभयो । युवा संघका जिल्ला उपसचिव रुपक पौडेल,दिनेश न्यौपाने लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय