अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१४
| Colorodo: 07:29
बझाङमा मंगलबार दिउँसो भूकम्प जाँदा कम्तीमा ८ जना घाइते भएका छन् । मष्टा गाउँपालिका–१, केदारस्युँ गाउँपालिका र जयपृथ्वी नगरपालिकामा ८ जना घाइते भएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो ।
घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । बझाङमा केही स्थानमा घरहरू भत्किएको सूचना प्राप्त भएको पाण्डेयले उबताउनुभयो । हालसम्म ९ वटा घर भत्केको सूचना आएको उहाँले जानकारी दिनुभएको छ ।
क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको छ । मंगलबार बझाङमा २६ मिनेटको अन्तरमा दुई ठूला भूकम्प गएका थिए । भूकम्पपछि जयपृथ्वी नगरपालिका–७, कचलीखोला भन्ने स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।
