अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित फेरि ३ जना पक्राउ

बिआरटीनेपाल २०८० असोज १६ गते ६:१४ मा प्रकाशित

दोलखाको विगु गाउँपालिकामा बरामद भएको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित   जना पक्राउ परेका छन् ।सुन प्रकरणमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी०) का प्रवक्ता एसपी नवराज अधिकारीले उनीहरुलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको  जानकारी दिनुभएको छ ।  उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, दोलखालाई बुझाउने तयायरी भइरहेको उहाँले बताउनुभयो ।

पक्राउ परेका मध्ये चिनियाँ नागरिक गेङ्रुले नै चीनबाट सुन मगाएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । यसअघि प्रकरणमा ७ जना पक्राउ परिसकेका छन् । यो समूहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय