अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

एक अर्ब ७७ करोडको भ्रष्टाचारमा ५६८ सरकारी कर्मचारी र प्रतिनिधि, १९८ विचौलिया

बिआरटीनेपाल २०८० असोज १५ गते ६:१७ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा १६२ वटा मुद्दा दायर गरेको बताएको छ । यसअन्तर्गत ६४ वटा गैरकानुनी लाभ हानी, घुससँग सम्बन्धी ३२ र सार्वजनिक सम्पत्तिको हानी २७, गैरकानुनी सम्पत्ति आर्जनमा १३, शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आठ, राजस्व चुहावटका सात र विविध ११ वटा मुद्दा रहेका छन् ।काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा १६२ वटा मुद्दा दायर गरेको बताएको छ ।

यसअन्तर्गत ६४ वटा गैरकानुनी लाभ हानी, घुससँग सम्बन्धी ३२ र सार्वजनिक सम्पत्तिको हानी २७, गैरकानुनी सम्पत्ति आर्जनमा १३, शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आठ, राजस्व चुहावटका सात र विविध ११ वटा मुद्दा रहेका छन् । यी मुद्दामा ७६६ जनालाई प्रतिवादी कायम गरी एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ विगो माग दाबी गरिएको आयोगले जनाएको छ ।

एक अर्ब ७७ करोड रुपैयाँभन्दा बढी विगो दाबी गरिएका यी १६२ वटा मुद्दामा नेपाल सरकारका विशिष्ट कर्मचारी एकजना, अधिकृत स्तरका कर्मचारी २१४ जना, सहायक तथा सहयोगी १४४, निर्वाचित तथा मनोनीत २०९ र मतियार तथा विचौलिया १९८ गरी जम्मा ७६६ प्रतिवादी कायम भएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय