अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०८
| Colorodo: 10:23
अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको समृद्धिको आधार पर्यटन, जलविद्युत र कृषि भएको बताउनुभएको छ । बाराको जितपुरमा आइतबार संजिवनी बाटिका वृद्धाआश्रमको उद्घाटन गर्दै उहाँले आर्थिक विकासका लागि सरकारको लगानी र निजी क्षेत्रको समेत सहभागिता आवश्यक रहेको बताउनुभयो ।
निजगढ-काठमाडौं निमार्णाधीन फास्टट्रयाक रकमको अभावमा नरोकिने भन्दै अर्थमन्त्री महतले पोखरा बिमानस्थल भन्दा पहिले निजगढ बिमानस्थल बनेको भए राज्यले मुनाफा लिन सक्थ्यो भन्नुभयो । संजिवनी बाटिका वृद्धाश्रमका संस्थापक फरमुल्लाह मंसुरले समाजमा वृद्धवृद्धाप्रति सम्मान र माया हराउन थालेकाले बाटिका सचालनमा ल्याएको बताउनुभयो ।