अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२
| Colorodo: 03:57
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ परेकी छन्। दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित पक्राउ गरिएको विमानस्थलका प्रहरी प्रमुख (डीआईजी) अर्जुन चन्द ठकुरीले जानकारी दिनुभयो ।
ठकुरीले भन्नुभयो ,‘बरामद भएको सुन झण्डै तीन किलो छ। दुबईबाट काठमाडौं आएकी फिलिपिन्सकी महिला सुनसहित समातिएकी हुन्। थप अनुसन्धान भइरहेको छ, विस्तृत विवरण केही समयपछि आउँछ। ’
