अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

काठमाडौंमा मुख तथा अनुहारसम्बन्धि चिकित्सकको अन्तराष्ट्रिय सम्मेलन सुरु

बिआरटीनेपाल २०८० असोज १३ गते ५:५९ मा प्रकाशित

मुख तथा अनुहारसम्बन्धि शल्य चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । मुख तथा अनुहारको शल्य चिकित्सा क्षेत्रको नयाँ–नयाँ ज्ञान, सीप र प्रविधि भित्र्याउने उद्देश्यकासाथ शनिबारबाट सो अन्तराष्ट्रिय सम्मेलन शुरु भएको हो ।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा विभिन्न ६ वटा मुलुकका मुख तथा अनुहारसम्बन्धि विशेषज्ञहरुले नौ वटा कार्यपत्र प्रश्तुत गर्नेछन । मुख तथा अनुहारको शल्य चिकित्साका लागि विश्वका नयाँनयाँ ज्ञान र सीप भित्र्याउने उद्देश्यका साथ सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा आयोजना गरिएको नेप्लिज एशोसिएशन अफ ओरल एण्ड म्याक्सिल्लोफेसियल सर्जन (एनएओएमएस) का महासचिव डा. किशोर भण्डारीले बताउनुभयो ।

अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, पाकिस्तान, श्रीलंका, इटाली, बेल्जियम लगायतका मुलुकहरुका ख्यातीप्राप्त शल्य चिकित्सकहरु सहभागी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय