चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ञप्रचण्डझले आज छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष वाङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी,प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेट वार्ता र दुई देशको तर्फबाट जारी सम्झौताको स्मरण गर्दै छुङकिङ,तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरूसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच पारवहन सन्धिको कार्यान्वनले नेपाल अब भूपरिवेष्ठित देश होइन भू(सम्बन्ध जोड्ने देश भएको बताउनुभयो। सो क्रममा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रचण्ड चीनको असल साथी भएको र नेपाल-चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गर्नुभएको थियो । नेपाल र चीनबीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको समेत वाङले बताउनुभयो। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल भोलि (शनिबार) छेन्दुबाट नेपाल फर्किने कार्यक्रम रहेको छ।