अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४
| Colorodo: 16:59
अफगानिस्तानमा पोलियोबिरुद्धको देशव्यापी अभियान शुरु गरेको छ । चारदिने अभियानमा पाँच वर्ष मुनिका ११ लाख बालबालिकामा हुने शारीरिक अशक्तता लगायतका रोगहरुको उन्मुलन गर्ने देशको प्रयास हुने बताइएको छ । अभियानका क्रममा बालबालिकालाई पोलियोबिरुद्धको खोप खुवाउनुका साथै भिटामिन एको सप्लिमेण्ट पनि खुवाइने मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा यो वर्ष हालसम्म पाँच जना पोलियोको घटना देखिएपछि यो अभियान शुरु गरिएको हो । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) का अनुसार अफगानिस्तान र पाकिस्तान मात्र विश्वमा पोलियोको महामारीबाट ग्रस्त देशहरु हुन् ।