अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 13:26

भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन

बिआरटीनेपाल २०८० असोज ७ गते ७:१३ मा प्रकाशित

भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन बिन्दुमा झरेको छ । सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८ सय ६० मिलियन अमेरिकी डलरले घटेर ५ सय ९३ दशमलव ०३७ अर्ब डलर पुगेको हो ।

दक्षिण एशियाली मुलुकको विदेशी सञ्चिति घटेको यो लगातार दोस्रो साता हो । सेप्टेम्बर ८ मा विदेशी मुद्रा ४ अर्ब ९९ करोड डलरले घटेर ५ सय ९३ दशमलव ९० अर्ब डलर पुगेको थियो । विदेशी मुद्रा सञ्चितिको वर्तमान मूल्य चार महिना यताकै न्युन रहेको बताइएको छ । विश्वव्यापी घटनाक्रमका कारण सञ्चिति घटेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू