अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२४ | Colorodo: 05:39

राजनीतिक स्थायित्व र सुशासन दिनसके सवै समस्या समाधान हुन्छन् : राष्ट्रपति पौडेल

बिआरटीनेपाल २०८० असोज ५ गते ७:०६ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सवैको ध्यान केन्द्रीत हुनुपर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने बताउनुभयो । अति पिछडिएको र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजका देखिएका विकृति विसंगति हटाउन सहज हुने पनि उहाँंको धारणा थियो ।

राष्ट्रपति पौडेलले नेपालमा दलितहरू बस्तीका कारण पनि पीडित बनेको बताउदै भन्नुभयो–‘‘जहाँ जहाँ असुरक्षित बस्ती छन् । त्यही दलित समुदाय बसेका छन् । वर्षातको समयमा पहाडमा बाढी पहिरोबाट पीडित हुने दलित समुदाय नै छन् । तराईमा पनि डुवानबाट दलित समुदाय नै पीडित बन्दै आएका छन् ।’’ राष्ट्रपति पौडेलले नेपालको संविधान अनुसार गठन भएका सवै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानका लागि लाग्न जरुरी रहेको धारणा राख्नुभयो ।

सो अवसरमा दलित अयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगको बार्षिक प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची रहेको बताउनुभयो । उहाँले दलित आयोगले २२ वर्षपछि फेरि दलितको जात र थरको नयाँ सूचीकरण गरेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू