अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३५
| Colorodo: 07:50
गृह मन्त्रालयले कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुन विपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाको सिफारिस गरेको छ । गृह मन्त्रालयले ३४ जनाको सजाय मिनाहाको लागि नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
संविधान दिवसको अवसर पारेर विभिन्न काण्डमा दोषी देखिएका ३४ जनालाई माफी दिनेगरी राष्ट्रपतिसमक्ष प्रस्ताव पेस गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । चार दिनअघि नै उनीहरुको माफी मिनाहाको प्रस्ताव गरिएको छ ।
तीमध्ये अधिकांश ज्यानमुद्दा र कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका व्यक्ति रहेका छन् । त्यसबाहेक तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका रहेको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् । यस्ता गम्भीर प्रकृतिका मुद्दामा सजाय मिनाहा गर्न नहुने कानुनी व्यवस्था छ ।
