अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

प्रतिनिधिसभा बैठक १६ दिनका लागि स्थगित

बिआरटीनेपाल २०८० भदौ ३० गते ५:१२ मा प्रकाशित

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक १६ दिनका लागि स्थगित गरिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणमा जाने भएपछि प्रतिनिधिसभाको बैठक १६ दिनका लागि स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते आइतबारका लागि तोक्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले एमाले सांसद सुवास नेम्वाङको निधनका कारण प्रतिनिधिसभाको एक सिट रिक्त भएको जानकारी गराउनुभएको थियो । एमाले संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय