अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६ | Colorodo: 17:51

राष्ट्रपतिद्धारा पाँच जना चिकित्सकलाई अवार्ड प्रदान

बिआरटीनेपाल २०८० भदौ २९ गते ७:४८ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले पाँच जना चिकित्सकहरूलाई अवार्ड प्रदान गर्नुभएको छ । नेपाल चिकित्सक संघले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ शुक्रबार राष्ट्रपतिले चिकित्सकहरूलाई प्रदान गर्नुभएको हो । डाक्टरहरू अर्चना अमात्य, गीता शाक्य, मीता सिंह, कोकिला वैद्य र प्रमिला प्रधानलाई अवार्ड प्रदान गरिएको हो।

साथै राष्ट्रपति पौडेलले संघले प्रदान गर्ने ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ डा। दिव्यश्वरी श्रेष्ठ, डा। लता बज्राचार्य, डा। शोभा अर्याल, डा। कस्तुरी मल्ल र डा। गीता कार्की रानालाई प्रदान गर्नुभयो । नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा उनीहरूले पुर्‍याएको योगदानको कदर गर्दै संघले सो सम्मान गरेको हो। उनीहरूलाई ट्रफी, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।

सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षा जस्ता संविधानले नै नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेको विषयका आधारभूत सेवालाई प्रभावकारी रुपमा कार्यान्वन गर्न सरकार सदैव प्रयत्नशील रहेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन पर्याप्त दरबन्दी आवश्यक रहेको र मुलुकमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति तयार गर्न बेलैमा ध्यान दिन सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिलविक्रम कार्की र सम्मान छनौट समितिका संयोजक किरण रेग्मीले संघले गर्दै आएका कार्यबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय