अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस

बिआरटीनेपाल २०८० भदौ २९ गते ६:१० मा प्रकाशित

न्यायपरिषद्ले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुने छन् ।नायव महान्यायाधीवक्ता एवं वेपत्ता छानबिन समितिका सचिवको जिम्मेवारीमा रहेका श्यामकुमार भट्टराईलाई १ नम्बर वरीयतामा राखी न्यायपरिषदले उच्च अदालतमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

सरकारी वकिल, न्यायप्रशासन र कानुन समूहबाट १/१ जना सिफारिस भएका छन् । १८ जना जिल्ला न्यायाधीश छन् भने बाँकी ६ जना कानून व्यवसायीबाट सिफारिस भएका छन् । परिषद्ले भट्टराईपछि विभिन्न जिल्ला अदालतमा कार्यरत १८ जना न्यायाधीशलाई माथिल्लो वरीयतामा पर्ने गरी सिफारिस गरेको छ ।

यसअघि न्यायपरिषदले तयार पारेको सूची(रोष्टर)मा प्राथमिकतामा परेका कैयौ व्यक्तिहरु छनौटमा परेका छैनन् । यस्तै, बैठकले ६० जना न्यायाधीशको सरुवा गरेको छ । ३४ जना उच्च अदालत र बाँकी जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय