अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

यूएन महासभामा गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु – प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० भदौ २७ गते ८:१३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले संयुक्त राष्ट्रसंघ (यूएन)को महासभामा आफूले गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिने बताउनभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘मुलुकको समृद्धिः सम्भावना र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उहाँले नेपाल अति कम विकसित राष्ट्रको अध्यक्ष राष्ट्र भएको उल्लेख गर्दै त्यसको पक्षमा नयाँ भिजन दिनेगरी यूएन महासभामा प्रस्तुत हुने दाबी गर्नुभयो ।

”सो महासभामा जलवायु परिवर्तनका कारण गरिब मुलुकहरूले भोग्नुपरेको समस्याबारे जोड दिनेछु । चीन भ्रमणमा पनि कृषि, पूर्वाधार र विद्युतका लागि ट्रान्समिसन लाइन निर्माणमा बढी जोड दिएर छलफल गर्नेछु”,उहाँले भन्नुभयो । प्रधानमन्त्रीले सरकारले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै जनतामा निराशा बाँड्ने काम नगर्न पनि सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । अँध्यारोमा हेर्ने र त्यतैतिर जाने काम गरे मुलुक अफ्ठ्यारोतिर नै जान सक्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय