अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 16:42

साढे ३९ अङ्कले बढेर नेप्सेले २ हजार विन्दु नाघ्यो, डेढ अर्ब रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८० भदौ २७ गते ७:३२ मा प्रकाशित

शेयर बजार आज बुधवार उच्च अङ्कले बढेर हरियाली भएको छ । हिजो मङ्गलवार साढे १९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव शून्य छ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा र व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ । आज सबैभन्दा धेरै शुभम् पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरको शेयर आठ प्रतिशतले घटेको छ ।

आज ५१ लाख ४४ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको सात करोड ९३ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू