अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५
| Colorodo: 06:40
इजिप्टले मोरक्को र लिबियामा प्राकृतिक प्रकोपका बारण भएको ठूलो जनधनको क्षतिप्रति तीन दिने शोक घोषणा गरेको छ । मंगलबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले मंगलबार मोरक्को र लिबियामा भएको घटनाप्रति तीन दिने शोक मनाउने बताउनुभएको हो ।
सिसीले मोरक्कोमा भूकम्प र लिबियामा आएको आँधीबाट प्रभावितहरुप्रति समवेदना प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले सशस्त्र सेनालाई दुवै देशमा मानवीय सहायता पठाउन निर्देशन दिनुभएको छ ।