अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२९
| Colorodo: 23:44
मोरङको लेटाङ तनावग्रस्त बनेको छ। एक जना महिलाको मृत्यु भएपछि उनको शव मेडिकल पसल अगाडि राखेर स्थानीयहरुले प्रदर्शन गरेका छन्। लेटाङ नगरपालिका–४ की ३० वर्षीया विना भनिने विनिता तामाङको मृत्यु भएपछि आफन्त र स्थानीय विरोध प्रदर्शनमा उत्रेपछि लेटाङ बजार क्षेत्रमा तनाव बढेको हो।
मंगलबार दिउँसो २ बजेदेखि सोही ठाउँको जनप्रिय मेडिकल अगाडि शव राखेर परिवारका सदस्य र स्थानीय विरोधमा उत्रेपछि अवस्था असामान्य भएको मोरङ प्रहरीले जनाएको छ।