अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 11:58

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मैतीदेवी मन्दिरमा पुगेर गरिन् पूजा

बिआरटीनेपाल २०८० भदौ २५ गते २०:३१ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौँको मैतीदेवी मन्दिरमा पुगेर पूजा अर्चना गरेकी छिन् । मैतीदेवी युनाईटेड क्लबको आयोजनामा मैतीदेवी मन्दिरबाट लाखे नाच निकालिएको अवसरमा उपमेयर डंगोलले मन्दिरमा नै पुगेर पूजा अर्चना गरेकी हुन् । पूजा गर्दै उपमेयर डैगोलले सदिऔँदेखि चल्दै आएको मैतीदेवीको यो लाखे नाचले भोलीका दिनमा पनि निरन्तरता पाउने कुरामा आँफु विश्वस्त भएको बताइन् । भाद्र ४ गतेदेखि सुरु भएको लाखे नाच १६ दिनसम्म चल्ने मैतीदेवी युनाईटेड क्लबका संस्थापक अध्यक्ष राम खड्गीले जानकारी दिए । संस्कृति बचाउने एक मात्र उद्देश्यले सञ्चालनमा ल्याइएको मैतीदेवीको लाखे नाचको भित्री कथा भने भिन्न छ ।

सदिऔँदेखि चल्दै आएको मैतीदेवीको यो लाखे नाच विभिन्न कारणले ३ दशकदेखि रोकिएर अहिले आएर आजबाट सञ्चालनमा आएको स्थानीय बासिन्दाहरू बताउँछन् । यसअघि यो परम्परा जोगाउने नाच सञ्चालन गर्दै आएका स्थानीयहरू बसाई सरेर गएका कारण, आर्थिक हिसाबले पनि खर्चिलो भएका कारण ३ दशकदेखि रोकिएको यो परम्परालाई निरन्तरता दिने चेष्टामा मैतीदेवी युनाईटेड क्लबको जुझारु टिम लागिपरिरहेको छ ।

जसका कारण लाखे नाचको पहिलो दिन मुकुटको पूजा अर्चना गरी लामो समयदेखि स्थगित लाखे नाचलाई निरन्तरता दिने काम सुरु गरिएको स्थानीय तथा संस्कृतिविद् कृष्ण नीरव शाही बताउँछन् । लाखे नाचको ठाउँ अनुसार आ आफ्नै मूल्य र मान्यता भएता पनि मैतीदेवीको लाखेको कथा अन्य स्थानको भन्दा भिन्न छ । अन्य स्थानमा लाखे नाच प्रेमसँग सम्बन्धित हुँदा मैतीदेवीको लाखेलाई धोबी खोलामा झुकाएर लगेर कृष्ण अष्टमीका दिन वध गरिएको हो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय