नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी घटक सबै एक हुने दिन आएको बताउनुभएको छ । समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कम्युनिस्टहरू चिरा–चिरा हुँदा अरुले फाइदा उठाएको बताउँदै महासचिव विप्लवले देशलाई गाह्रो भएको अवस्थामा माओवादी एकै ठाउँमा आउने उल्लेख गर्नुभयो । ‘कम्युनिस्टहरू चिरा–चिरा हुँदा अरुले फाइदा उठाइरहेका छन् । देशलाई गाह्रो भएको अवस्थामा अब माओवादी एकै ठाउँमा आउनु पर्छ,’ उविप्लवले थप्नुभयो ।
सो अवसरमा उहाँले समाजवादी मोर्चा अग्रगामी भएको दाबीसमेत गर्नुभयो । चन्दले हरेक घरघरमा मोर्चा पुराउने उद्घोष पनि गर्नुभयो। विप्लवले सबै कम्युनिस्टबीच भएको अन्तरविरोधको अन्त्य समाजवादी मोर्चाले गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । जनयुद्धका कमान्डर भ्रष्टाचारको मुद्दामा फस्न नहुने बताउँदै चन्दले विदेशिको डलर खाएर सरकार चलाउनेहरूको दिन सकिएको उल्लेख गर्नुभयो ।
