इराकी तेल मन्त्रालयले आइतबारबाट बगदादमा पहिलो तेल परियोजना र लाइसेन्सिङ टुरहरुको लागि अन्तर्राष्ट्रिय प्रदर्शनी सुरू थरेको छ । इराकको तेल मन्त्रालय र संसदीय ग्यास तथा प्राकृतिक श्रोत समितिको आयोजनामा भएको चार दिने प्रदर्शनीमा चिनियाँ कम्पनी, इराकी कम्पनीहरु र अन्य देशका पनि केही कम्पनीहरुले सहभागीता जनएका छन् ।
यस प्रदर्शनीले इराकी तेल उद्योगलाई सुधार गर्ने र देशको अर्थतन्त्रलाई बढावा दिने बताइएको छ । प्रदर्शनीका क्रममा पेट्रो चाइना इन्टरनेशनल कम्पनीका महाप्रवन्धक चेन जिन्नोङले मेलाले इराक चीनबीचको सम्बन्धलाई पनि राम्रो बताउनुभयो ।त्यस्तै सीएनओओसी इराक लिमिटेडका प्रवन्ध निर्देशक शी वेनसेङले चाइना नेशनल अफशोर आयल कर्पोरेशनले मध्यपूर्वमा एक दशकभन्दा बढी देशहरुमा व्यापार सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले प्रदर्शनीले तेल क्षेत्रको विकासमा टेवा पुग्ने बताउनु भयो । उहाँले इराकमा व्यापार बिस्तारका लागि थप अवसर खोज्नु आफूहरुको लक्ष्य भएको बताउनुभयो ।
त्यस्तै, झेन्ह्वा वेल इबीएस पेट्रोलियम कम्पनी लिमिटेडका प्रमुख वित्त अधिकारी झाङ वेले प्रदर्शनीमा तेल कम्पनीहरुको विकासमा मद्दत पुग्ने बताउनुभयो । प्रदर्शनीले इराकी तेल उद्योगलाई सुधार गर्ने र देशको अर्थतन्त्रलाई बढावा दिने विश्वास छ ।