अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२०
| Colorodo: 15:35
शेयर बजार आज साेमवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा होटल, जलविद्युत्, लघुवित्त र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको प्रमोटर शेयर झन्डै आठ प्रतिशतले घटेको छ ।
आज ४७ लाख ४२ हजार कित्ता शेयर एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको छ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।