अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 16:36

स्लोभानियन दम्पतीले ४ महिना लगाएर ग्रेट हिमालयन ट्रेलको यात्रा गर्दै

बिआरटीनेपाल २०८० भदौ २५ गते ६:३६ मा प्रकाशित

स्लोभानियन आरोही दम्पतीले ४ महिने ग्रेट हिमालयन ट्रेलको यात्रा गर्ने भएका छन् । काठमाडौंमा पत्रकार सम्मलेनको आयोजना गर्दै स्लोभानियन आरोही दम्पती आन्द्रेज स्ट्रेम्फेल्ज र मारिजा स्ट्रेम्फेल्जले ४ महिना समय लगाएर ग्रेट हिमालयन ट्रेलको यात्रा गर्न लागेका जानकारी गराइएको हो । सो यात्रा कञ्चनजंगाबाट शुरु भएर हिल्सामा पुगेर अन्त्य हुने जनाइएको छ ।

स्ट्रेम्फेल्ज दम्पतीले यसअघि सन् १९९०मा एकैसाथ सगरमाथा आरोहण गरेर विश्वकिर्तिमान पनि राखेका थिए । उनीहरुको हिमालयन ट्रेलको यात्रा १३ सेप्टेम्बरबाट शुरु हुने बताइएको छ । उनीहरुले आफूहरु ग्रेट हिमालयन ट्रेलको यात्रामा जान लागेको भन्दै खुशी व्यक्त गरेका छन् ।

नेपाल पर्वतारोहण संघले उनीहरुको ग्रेट हिमालयन ट्रेलको यात्राले नेपालको पर्यटनको प्रचार हुने बताएको छ । ग्रेट हिमालयन ट्रेल अहिलेसम्म धेरै नभएको अवस्थामा यो यात्राले यसको प्रचारप्रसारमा सघाउ पुग्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू