अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुरामा समाजवादी मोर्चा जोडिन्छ : माधव नेपाल

बिआरटीनेपाल २०८० भदौ २४ गते ७:३० मा प्रकाशित

नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुरामा समाजवादी मोर्चा जोडिएको बताउनुभएको छ । आइतबार मकवानपुरको हेटौँडामा समाजवादी मोर्चाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । अध्यक्ष नेपालले देशलाई समाजवादको दिशामा लिएर जानका लागि गणतन्त्रको प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले समाजवादका मान्यता के हुन्, समाजवादको समानताको सिद्धान्त पूरा कसरी गर्ने ? सबै समुदायप्रति समानताको वातावरण बनाउने कसरी, न्यायको प्रत्याभूति दिने कसरी ? विकासको अभियान कसरी सञ्चालन गर्ने ? जनतालाई समृद्ध जीवन जिउनका लागि सुखी जीवन बाँच्नका लागि हामीले वातावरण कसरी बनाउने ?  भन्ने कुरा समाजवादी मोर्चाको उद्देश्यसँग जोडिएको जिकिर गर्नुभयो ।

अध्यक्ष नेपालले राष्ट्रियताको रक्षा गर्ने होस्, लोकतन्त्रलाई बचाउने कुरा होस्, जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुराको निम्ति मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले केन्द्र, प्रदेश र स्थानीय तहले आफ्नो आफ्नो जिम्मेवारीलाई इमान्दारितका साथ पूरा गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय